काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ।
नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले आजको संसद बैठकको कार्यसूची तय गर्नेछ।
संघीय संसद्को बजेट अधिवेशन आइतबारदेखि सुरु भएको छ। बजेट अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ।
अर्थमन्त्री प्रकाशशरण महतले आइतबार नयाँ आर्थिक वर्षका लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव पनि पेस गरेका छन्।
Leave a Reply