काठमाडौं । सिटी होटलले सर्वसाधारणका लागि आजदेखि आइपिओ बिक्री खुला गरेको छ ।
कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपीओ निष्कासन गरेर बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो।
कम्पनीले जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर निष्कासनका लागि छुट्याएको थियो।
सोमध्ये १ लाख ६७ हजार ४०० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपीओ निष्कासन गरेर बाँडफाँट गरिसकेको छ।
यस्तै, ८३ हजार ७०० कित्ता सेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याएपछि बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता सेयरका लागि सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
उक्त आइपिओमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ सो अवधिसम्ममा सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा निष्कासन अवधि जेठ ८ गतेसम्म लम्बिनेछ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस इस्युअर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ।
Leave a Reply