काठमाडौं । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले आफु हातहतियार खरिदमा संलग्न नभएको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले हातहतियार खरिदमा आफनो संलग्नता नभएको स्पष्ट पारेका हुन् ।
नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तोमा आफनो नाम पनि मुछिएको भन्दै उपप्रधानमन्त्री खडकाले आफनो संलग्नता अस्विकार गरे ।
‘केही दिनदेखि मेरो नामसमेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ खडकाले ट्वीटमा उल्लेख गरेका छन्, ‘म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिदसम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ।’
केही दिन देखि मेराे नाम समेत जाेडेर केही संचारमाध्यममा नेपाली सेनाकाे हतियार खरिद सम्बन्धमा अाएका बिबिध प्रकृतिका समाचार प्रति मेराे गंभीर ध्यानाकर्षण भएकाे छ। म रक्षामन्त्री भएदेखि रक्षामन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएकाे कुरा सबैमा प्रष्ट पार्न चाहान्छु ? pic.twitter.com/1PGj3AxbGj
— Purna Bahadur Khadka (@NCPurnaKhadka) May 8, 2023
Leave a Reply