काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ ।
आइतबार अहमदाबादमा भएको पहिलो खेलमा गुजरातले लखनउविरुद्ध ५६ रनको जित निकालेको हो ।
गुजरातले दिएको २ सय २८ रनको लक्ष्य पछ्याएको लखनउले ७ विकेट गुमाएर १ सय ७१ रन मात्रै बनायो । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २ सय २८ रनको लक्ष्य दिएको थियो ।
गुजरात ११ खेलमा १६ अङ्कसहित शीर्ष स्थानमा कायमै छ । ११ अङ्क रहेको लखनउ तेस्रो स्थानमा छ ।
Leave a Reply