Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्त रावलले गरे आत्मसमर्पण

    भूपेन्द्र बडुवाल हत्या प्रकरण : मुख्य अभियुक्त रावलले गरे आत्मसमर्पण

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 906
    SHARES

    कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ का भूपेन्द्र बडुवाल हत्या प्रकरणका मुख्य अभियुक्त भनिएका नवीन रावलले आत्मसमर्पण गरेका छन् ।

    गत वर्षको कात्तिक २३ गते टीकापुर नगरपालिका–१ मा बडुवालको धारिलो हतियार प्रहार गर्दै हत्या गरेर फरार भएका रावलले आइतबार जिल्ला अदालत कैलालीमा आत्मसमर्पण गरेका हुन् ।



    आइतबार दिउँसो जिल्ला अदालतमा आत्मसर्मण गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए ।



    रावललाई अदालतले यसअघिकै फैसलाका आधारमा पुर्पक्षका लागि कारागार चलान गरेको छ । रावल बडुवालको हत्या भएकै दिनदेखि फरार थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार