Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै लाखौँ ठगी, सिताराम बास्तोला पक्राउ

    रोजगारीका लागि अमेरिका पठाईदिन्छु भन्दै लाखौँ ठगी, सिताराम बास्तोला पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, २४ बैशाख २०८०
  • 840
    SHARES

    काठमाडौं। अमेरिकालगायतका देशहरुमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा भक्तपुर चाँगुनारायण नगरपालिका-६ तेलकवट घर भएका ६८ वर्षीय सिताराम बास्तोला रहेका छन् ।



    बास्तोलालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर दरवारस्क्वायरबाट पक्राउ गरेको हो ।



    बास्तोलाले १०१ जनालाई वैदेशिक रोजगारीको लागि अमेरिका, जर्मनी, बेलायत तथा जापानमा जानको लागि प्रतिव्‍यक्ति ३० लाख रुपैयाका दरले ३ करोड ५६ लाख ८ हजार रकम ठगी गरेको प्रहरीको आरोप छ ।

    बास्तोलाले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।

    पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बास्तोलालाई आज पक्राउ गरेको हो ।

    पक्राउ परेका बास्तोलालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार