काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कम्बोडिया पठाईदिन्छु भन्दै ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको पृथ्वीनारायण नगरपालिका १० स्थाई घर भई हालकाठमाडौंको नयाँबसपार्क बस्ने सुदिप लामा तामाङ रहेका छन् ।
तामाङले वैदेशिक रोजगारीको लागि कम्बोडीया पठाई दिने भन्दै सोममाया तामाङसहित ३ जनासंग ३१ लाख रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धाबाट खुलेको छ ।
तामाङले कम्बोडीया पुगेपछि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरको काम लगाई दिने र मासिक दुई लाख बढी कमाई हुने प्रलोभन देखाएर ठगी गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
तामाङ ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो ।
पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले तामाङलाई आज पक्राउ गरेको हो । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाईएको पनि प्रहरीले जनाएको छ ।
Leave a Reply