काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरु केवल सरकार परिवर्तनको खेलमा मात्र लागेको बताएका छन् ।
आइतबार संघीय संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले भने,‘मंसिर ४ मा चुनाव भएको आज वैशाख २४ गते भइसक्यो । यी बितेका महिनासम्म सरकार परिवर्तनका खेलहरु मात्र भए । स्थानीय तहमा सरकार परिवर्तन गर्न नमिल्ने भएकाले हो नत्र त्यहाँ पनि यही खेल चलिरहन्थ्यो । प्रदेशमा त्यही खेल चलाइरहेका छन् । देशका लागि होइन, आफ्नो गुटगत स्वार्थ हेरेर त्यही काम गरिरहेका छन् ।’
अध्यक्ष ओलीले देशमा अस्थिरताको कारण सरकार र सरकारमा रहेका सत्तारुढ दल भएको आरोप समेत लगाए। अध्यक्ष ओलीले जनताको पक्षको केही काम नभएको र केही कुप्रचार गरेर जनतालाई रनभुल्लमा पार्ने काम मात्र भएको बताए ।
Leave a Reply