एजेन्सी । रोड्रिगोका दुई गोलको मद्दतमा रियल म्याड्रिडले ९ वर्षपछि कोपा डेल रेको उपाधि जितेको छ ।
सेभियामा शनिबार राति भएको खेलमा ओसासुनालाई २–१ गोल अन्तरले हराउँदै रियलले सन् २०१४ पछि कोपा डेल रेको उपाधि हात पारेको हो।
दोस्रोपटक कोपा डेल रेको फाइनल खेलेको आसासुनालाई हराउँदा रियलले २०औं पटक उपाधि आफ्नो नाममा गरेको हो ।
रियलको जितमा रोड्रिगोले दुई गोल गरे । ओसासुनाका लागि खेलको ५८औं मिनेटमा लुकास टोरोले गोल गरेका थिए ।
Leave a Reply