Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने- यो ट्रेलर मात्र हो, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ

    प्रधानमन्त्री प्रचण्डले भने- यो ट्रेलर मात्र हो, अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 11.5K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत प्रवृत्तिका विरुद्ध सरकार दृढताका साथ काम गर्दै जाने बताएका छन् ।

    नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिदैन । अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ।’

    उनले ठूला भ्रष्टाचारका फाइल खोल्दा घेराबन्दी र दबाब आएपनि जनताको साथ भएमा त्यसको सामना गर्न सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार