Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पहिरोमा पुरिएकाे १८ घण्टापछि जीवितै उद्धार

    पहिरोमा पुरिएकाे १८ घण्टापछि जीवितै उद्धार

    अनलाइन नेपाल
  • मंगलबार, २३ असार २०७७
  • 1.3K
    SHARES

    फाइल तस्विर

    गुल्मी । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर १ हस्तिचौरमा पहिरामा फसेकी महिलाको १८ घण्टापछि आज जीवितै उद्धार गरिएको छ । मुसिकोट नगरपालिका २ की तारा कुमालको पहिराबाट उद्धार गरिएको हो ।

    उनलाई आज हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीयवासी श्रीराम महतले बताए । खेतबारीको मकै लिन गएकी उनी फर्कने बेला रातिदेखि ठूलो पानी परी बगेको लेदोले च्यापेको थियो ।



    दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिले फसेको देखेपछि मिलेर कुमालको उद्धार गरेका हुन् । अहिले हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध छन् ।



    एम्बुलेन्सको व्यवस्था गरेर जान सक्ने स्थानसम्म गएर बिरामी ल्याउन प्रहरीलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार