झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलबाट लागूऔषध ब्राउन सुगरसहित दुई युवती पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा हेटौडा १ घर भई हाल झापा मेचीनगर बस्ने २१ वर्षीया सोनी श्रेष्ठ राजवंशी र उनकी दिदी २३ वर्षीया सन्ध्या श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट ७६ ग्राम ३४० मिलिग्राम ब्राउन सुगर , नेपाली नागरिकता र मोबाइल बरामद गरेको छ ।
झापा भद्रपुर नगरपालिका-८ स्थित विमानस्थलमा सुरक्षामा खटिएका प्रहरी टोलीले बुद्ध एयरको जहाजबाट काठमाडौं जान लागेका उनीमाथि चेकजाँच गर्ने क्रममा पक्राउ गरेको हो ।
सोनीले गुप्ताङमा लगाएको प्याडमा ब्राउन सुगर लुकाएर काठमाडौं लैजान खोजेकी थिइन् । सोनीसँग ब्राउन सुगर फेला परेपछि सँगै काठमाडौं जान लागेकी उनकी दिदी सन्ध्यालाई पनि पक्राउ गरिएको थियो ।
पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply