Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • स्रोत र साधनमा कमजोर भए पनि सेवा प्रवाहमा अब्बल छौँ : आईजीपी कुँवर

    स्रोत र साधनमा कमजोर भए पनि सेवा प्रवाहमा अब्बल छौँ : आईजीपी कुँवर

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 1K
    SHARES

    गुल्मी । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरी भौतिकरूपमा साधन र स्रोतमा कमजोर भए पनि नागरिकलाई सेवा प्रदान गर्ने कुरामा भने सधैँ अब्बल रहेको बताएका छन् ।

    बिहीबार जिल्ला प्रहरी कार्यालय गुल्मीको नवनिर्मित भवन उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रहरीलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संस्थागत हितमा काम गर्ने बानी बसाल्न आग्रह गरे । नागरिकमैत्री भएर काम गर्न उनले प्रहरीलाई सुझाव दिए ।



    साथै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताए ।



    आधुनिक भवनहरूसँगै प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उनले गरे ।

    भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सवैसँग गरे । जिल्ला प्रहरी कार्यालय गुल्मीको परिसरमा पाँच वटा नयाँ भवन निर्माण भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार