काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले खेलाडी र पदाधिकारीहरूले खेल क्षेत्रमा महसुस गरेका अभावलाई समाधान गर्ने गरी काम गर्ने बताएका छन् ।
बिहीबार राष्ट्रपतिसमक्ष सपथ ग्रहणपरेपछि मन्त्रालयमा पुगेर पदबहाली गर्दै मन्त्री लिम्बूले खेल क्षेत्रको अभाव र समस्याका बारेमा सबै पक्षसँग छलफल र अध्ययन गर्ने बताएका हुन् ।
खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकासमा आवश्यक कानुन बनाउन ध्यानकेन्द्रित गर्ने उनको भनाइ छ ।
उनले साधनस्रोत र खेलाडीको सेवा सुविधालाई सम्मानजनक अवस्थामा पुर्याएर यस क्षेत्रलाई अघि बढाउन सकारात्मक प्रयास गर्ने प्रतिबद्धता जनाए ।
खेलकुद मन्त्री लिम्बूले आज नै राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपपनयताको शपथग्रहण गरेका थिए ।
Leave a Reply