काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार पुगेका छन्।
बिहीबार सिंहदरबारमा दुई नेताबीच भेटवार्ता भएको हो ।
नेकपा एमालेका अध्यक्ष ओलीको सचिवालयले समसामयिक विषयमा दुई नेताबीच भेटवार्ता भएको जनाएको छ ।
भेटमा एमाले अध्यक्ष ओलीले सरकारले स्थानीय तहको बजेट कटौती गरेकामा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।
सरकारले स्थानीय तहमा जाने वित्तीय समानीकरण अनुदान ५० प्रतिशतले कटौती गरेको थियो ।
Leave a Reply