Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • कर्मचारीको आन्दोलन स्थगित

    कर्मचारीको आन्दोलन स्थगित

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 648
    SHARES

    काठमाडौं । संघीय निजामती ऐन तत्काल जारी गर्नुपर्ने माग राख्दै आएका कर्मचारी सङ्गठनहरूले आफ्ना आन्दोलनका कार्यक्रमहरू स्थगित गरेका छन् ।

    उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनाएपछि आन्दोलन स्थगित गरिएको हो ।



    सरकारले वार्ता समिति बनाएपछि हाललाई आन्दोलन स्थगित गरिएको नेपाल निजामती कर्मचारी युनियनले जनाएको छ ।



    बिहीबारदेखि कर्मचारी सङ्गठनहरूले आन्दोलन सुरु गरेका थिए । आज सिंहदरबार भित्र कर्मचारीहरूलाई प्रवेशमा रोक लगाउने भनिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार