Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • रविका ड्राइभरको मृत्यु प्रकरणमा महेश बस्नेतले उठाए गम्भीर प्रश्न

    रविका ड्राइभरको मृत्यु प्रकरणमा महेश बस्नेतले उठाए गम्भीर प्रश्न

    अनलाइन नेपाल
  • बिहिबार, २१ बैशाख २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शम्भु) मृत्यु प्रकरणमा नेकपा एमालेका नेता महेश बस्नेतले गम्भीर प्रश्न उठाएका छन् । उनले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत् यस्तो गम्भीर प्रश्न उठाएका हुन् ।

    रामराजा श्रेष्ठले सामाजिक सञ्जालमा राखेका धारणाको स्कृनशट राख्दै बस्नेतले ९ बुँदामा प्रश्न उठाएका छन् ।



    उनले पूरै चुनावी प्रचारमा हिँडेका शम्भु सम्भवतः पुरै निगरानीमा रहेको र रक्सी कहाँबाट किने, कसले किनिदियो ? बिहान ४ बजेसम्म पूर्व गृहमन्त्रीको घरमा कसरी रक्सी खाए ? लगायतका विषय उठाएका छन् ।



    उनले यो घटनाको उचित छानबिन गर्नु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेका छन् । ‘आफ्नो पद जोगाउन मुन्टो नलुकाउ पासपोर्ट काण्ड मुद्धा नचलाउने निर्णय गरे जस्तै गलत सम्झौता नगर,’ उनले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार