काठमाडौं । राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लव खुमलटार युथ क्लवसंग बराबरीमा रोकिएको छ ।
मंगलबार ललितपुरको च्यासल मैदानमा भएको खेलमा थ्रीस्टारले खुमलटारसंग २-२ गोलको बराबरी खेलेको हो ।
गोलबाट थ्री स्टारका लागि लाकेन लिम्बू र आदित्य शाक्यले पेनाल्टीमार्फत गोल गरे । खुमलटारका लागि मेसुके ओलुमोउ र समिर बिनोङलले गोल गरे ।
बराबरीपछि थ्रीस्टार दोस्रो स्थानमै यथावत छ । थ्रीस्टारको १४ खेलबाट २३ अंक छ ।
खुमलटारले १४ खेलमा १४ अंक जोडेको छ । खुमलटार पुछारमा रहेको छ ।
Leave a Reply