Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री दाहाल र महानिर्देशक डा. बरमेजोबीच भेटवार्ता

    प्रधानमन्त्री दाहाल र महानिर्देशक डा. बरमेजोबीच भेटवार्ता

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 426
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय परिवार नियोजन महासंघका महानिर्देशक डा. अल्भेरो बरमेजोबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री दाहाल महानिर्देशक बरमेजोबीच मंगलबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेट भएको हो ।



    भेटवार्ताका क्रममा स्वास्थ्य सेवा क्षेत्रका विविध विषयमा छलफल भएको बताईएको छ ।



    प्रधानमन्त्री दाहालले महासङ्घले यौन तथा प्रजनन स्वास्थ्य सेवाका विविध क्षेत्रमा नेपाललाई गरेको आर्थिक एवं प्राविधिक सहयोगका लागि महानिर्देशक डा. बरमेजोलाई धन्यवाद दिए।

    महानिर्देशक डा. बरमेजो शनिबार पाँच दिने नेपाल भ्रमणमा आएका थिए ।

    डा. बरमेजो स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च पदस्थ अधिकारी, परिवार नियोजन संघका पदाधिकारीसँग छलफल साथै विविध कार्यक्रम तथा भेटघाटमा व्यस्त छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार