काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन् ।
दोस्रोपटक प्रहरीको पत्र पाएपछि सभामुख देवराज घिमिरेले मंगलबार फौजदारी अभियोग लागेका कोइरीलाई प्रतिनिधिसभा नियमावलीको नियम २४८ (३) बमोजिम निलम्बन गरेका हुन् ।
प्रतिनिधिसभाको बैठक नचलेकाले सभामुखको निर्देशनअनुसार संघीय संसद् सचिवालयले सूचना टाँस गरी कोइरीलाई निलम्बन गरिएको जनाईएको छ ।
मधेस आन्दोलनका क्रममा महोत्तरीमा असइ थमन विकको हत्याको आरोपमा सांसद कोइरीमाथि जेल सजाय सुनाइएको छ ।
Leave a Reply