काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकार ठानिएका तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार राईका छोरा निरजविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो ।
नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल पक्राउ परेपछि राईका बाबुछोरा पनि अनसन्धानमा तानिएका थिए ।
प्रहरीले इन्द्रजितलाई भने सौखेलस्थित निवासबाटै पक्राउ गरेको थियो । नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा ९बादल० गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए ।
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निरज नेपाल बाहिर भागेको हुनसक्ने आशंका छ ।
Leave a Reply