Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • एसीसी प्रिमियर कप : १३ ओभरमा तीन विकेट गुमाएर नेपालले बनायो ३४ रन

    एसीसी प्रिमियर कप : १३ ओभरमा तीन विकेट गुमाएर नेपालले बनायो ३४ रन

    अनलाइन नेपाल
  • मंगलबार, १९ बैशाख २०८०
  • 627
    SHARES

    काठमाडौं । यूएईविरुद्धको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले तेस्रो विकेट गुमाएको छ ।

    फाइनलमा यूएईविरुद्ध एक सय १८ रनको लक्ष्य पछ्याइरहेको नेपालले १३ ओभरमा तीन विकेट गुमाएर ३४ रन बनाएको हो ।



    कप्तान रोहित पौडेल १ रन बनाएर आउट भएका हुन् । रोहन मुस्तफाले उनलाई आफ्नो दोस्रो शिकार बनाएका हुन् ।



    ललित राजवंशीको चार विकेटप्रेरित नेपालले यूएईलाई एक सय १७ रनमा अल आउट गरेको थियो। त्रिवि क्रिकेट मैदानमा सोमबार सुरु भएर वर्षाका कारण टुङ्गिन नपाएको फाइनल आज ९ बजेदेखि हिजो रोकिएकै अवस्थाबाट सुरु भएको हो।

    सोमबार यूएईले २७.३ ओरभमा एक सय ६ रन बनाएर ९ विकेट गुमाएको थियो। मंगलबार बिहान सोही स्थानबाट इनिङ्स अगाडि बढाएको यूएई ३३।१ ओभरमा सबै विकेट गुमाउनुअघि एक सय १७ रनको योगफल तयार गर्न सफल भयो। फाइनलमा विजयी भए नेपालले सेप्टेम्बरमा पाकिस्तानमा हुने एसीसी एसिया कपमा स्थान बनाउने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार