मकवानपुर । मकवानपुर प्रहरीले २०२ केजी गाँजासहित एक जना वडाध्यक्षलाई पक्राउ गरेको छ ।
जिल्लाको थाहा नगरपालिका-७ का वडाध्यक्ष शिवराज थिङलाई प्रहरीले २०२ केजी गाँजासहित पक्राउ गरेको हो ।
वडा अध्यक्ष शिवराजसँगै भीमलाल थिङ र इन्द्रबहादुर थिङलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर काठमाडौं र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त टोलीले भीमबहादुर र शिवराजको घरबाट ३० वटा पोकामा २७ केजी र इन्द्रबहादुरको घरबाट १० वटा बोरामा १७५ केजी लागूऔषध गाँजा फेला पारेको थियो।
पक्राउ परेका उनीहरूमाथि अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।
Leave a Reply