Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • एमाले अध्यक्ष ओलीले भने – भ्रमबाट देश बन्दैन, योजनावद्ध ढंगले अगाडि बढ्नुपर्छ

    एमाले अध्यक्ष ओलीले भने – भ्रमबाट देश बन्दैन, योजनावद्ध ढंगले अगाडि बढ्नुपर्छ

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 525
    SHARES

    फइल तस्विर

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको अर्थतन्त्र सत्ता गठबन्धनले ध्वस्त पारेको बताएका छन् ।

    अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा जिफन्टले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    सरकारले विकास निर्माण, सामाजिक निर्माणको काममा ध्यान नभएको बताए। अहिले कर्मचारीलाई तलब खुवाउन र सरकार छ भन्न बाहेक अरू केही नहुने बताए।

    ओलीले भने,‘भ्रमबाट देश बन्दैन । भावनाबाट देश बन्दैन । योजनावद्ध ढंगले देश अगाडि बढ्नुपर्छ । देशको अर्थतन्त्र गम्भीर छ । विकास निर्माण त कता हरायो कता हरायो ? सामाजिक कार्य कहाँ हराए कहाँ हराए ? हामी नेपाली जनता यतिबेला गम्भीर हुनुपर्ने अवस्था छ ।’

    ओलीले जनताले पाएको उपलब्धिविरुद्ध अनेक खालका शक्तिहरू सल्बलाउन थालेको टिप्पणी गरे । किसान नेता अनसन बस्दा पनि सरकार चुप लागेर बसेको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार