Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा मौलाकाली केबलकारको उद्घाटन

    प्रधानमन्त्री प्रचण्डद्वारा मौलाकाली केबलकारको उद्घाटन

    अनलाइन नेपाल
  • सोमबार, १८ बैशाख २०८०
  • 669
    SHARES

    नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी नवलपरासीको गैंडाकोट-मौलाकाली जोड्ने १२ सय मिटरको मौलाकाली केबलकारको उद्घाटन गरेका छन् ।

    प्रसिद्ध धार्मिक स्थल मौलाकाली मन्दिर जान आउन सकिनेगरी निर्माण गरिएको केबलकारको प्रधानमन्त्री ‘प्रचण्ड’ ले सोमबार औपचारिक रुपमा उद्घाटन गरेका हुन् ।



    केबलकार उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले केबलकार निर्माणले धार्मिक पर्यटनसँगै सांस्कृतिक र आर्थिक रुपान्तरणकारी परियोजना रहेको बताए ।



    केबलकार गैँडाकोटको डाँडामा रहेको मौलाकालिका मन्दिर जाने यात्रुलाई लक्षित गरेर निर्माण गरिएको मौलाकाली केवलकार प्रालिले जनाएको छ ।

    करिब दुई किलोमिटर लामो केबलकार पुग्न पाँच मीनेट लाग्नेछ भने १२ वटा गोन्डोला रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार