Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना संक्रमित भेटिएपछि होटल सोल्टी सिल

    कोरोना संक्रमित भेटिएपछि होटल सोल्टी सिल

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 2.3K
    SHARES

    काठमाडौं । काठमाडौंको सोल्टीमोडस्थित होटल सोल्टीलाई सिल गरिएको छ ।

    सोल्टीमा बस्दै आएका नेपाल वायु सेवा निगमका पाँच जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आजै होटल सिल गरिएको महानगरीय प्रहरी वृत्तका कालीमाटीका डीएसपी रुगम कुँवरले जानकारी गराए ।



    डिएसपी कुँवरका अनुसार नेपाल वायु सेवा निगमका उडान कर्मचारीहरू होटल सोल्टीमा बस्ने गरेको र त्यहाँ बस्ने सो कम्पनीका कर्मचारीहरूमध्ये ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाले स्वास्थ्य सुरक्षाका लागि सो होटल सिल गरिएको हो ।



    संक्रमित कर्चारीहरूलाई होटलमै राखेर उपचार गरिने भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार