Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • ओलीको टिप्पणी- राजतन्त्र कि मूर्खले मान्छ, कि स्वार्थीले

    ओलीको टिप्पणी- राजतन्त्र कि मूर्खले मान्छ, कि स्वार्थीले

    अनलाइन नेपाल
  • आइतबार, १७ बैशाख २०८०
  • 732
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्र मान्नेहरु स्वार्थी, फटाहा, मुर्ख र अज्ञानी हुने टिप्पणी गरेका छन्।

    एमाले निकट अखिल नेपाल किसान महासंघको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    स्वार्थी तत्वहरुले मात्र अपराधीकरणका लागि राजतन्त्र मान्ने उनको तर्क छ।

    त्यस्तै,  पहिचान पक्षधरको आन्दोलनमा पूर्वराजा ज्ञानेन्द्र शाहको पनि संलग्नता रहेको भन्दै आफूमाथि भएको ढुङ्गामुढा पनि शाह र उनका परिवारको पनि संलग्नता देखिएको आरोप लगाए ।

    ओलीले पूर्वको कार्यक्रममा ठाउँ-ठाउँमा आफुलाई आक्रमण गर्ने मान्छेहरु एउटै रहेको उल्लेख गर्दै यी सबै क्रियाकलापमा सरकार भने मुकदर्शक बनेको बताए ।

    ओलीले भने, ‘हरेक ठाउँमा उनीहरुले निषेध गर्ने खोज्ने, रुख ढालेर छेक्न खोज्ने । काही ढुंगा हान्ने, काही भिडन्त गर्न आउने । यो खालको उदण्ड मच्याउँदा पनि सरकार मुकदर्शक देखियो।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार