काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेताबाट उपसभापति डोलप्रसाद अर्यालले राजीनामा दिएका छन् ।
शनिबार बसेको संसदीय दलको बैठकमा उनले संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठसमक्ष राजीनामा बुझाएका हुन् । आज संसदीय दलको भर्चुअल बैठक बसेर अर्यालले राजीनामा बुझाएको बताइएको छ ।
उनले भनेका छन्, ‘हालै सम्पन्न उपनिर्वाचनमा पार्टी सभापति रवि लामिछाने पुनः निर्वाचित हुनुभएको सन्दर्भमा उहाँ नै संसदीय दलको नेता हुनुपर्छ भन्ने मेरो अभिमत रहेको हुँदा मैले यो जिम्मेवारीमा नरहनु उपयुक्त हुने भएकाले आजकै मिति देखि लागू हुने गरी मैले राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेताको पदबाट राजीनामा दिएको छु ।’
राजीनामा बुझाएसँगै स्वीकृत गर्ने प्रक्रियामा छ। अहिले उपनेता श्रेष्ठले उक्त जिम्मेवारी सम्हालेका छन् । यस्तै, पार्टी सभापति रवि लामिछाने संसदीय दलको नेता बन्ने भएका छन् ।
Leave a Reply