बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टीको रङ अझैसम्म स्पष्ट नभएको टिप्पणी गरेका छन् ।
शनिबार राप्रपाको लुम्बिनी प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न कपिलवस्तु पुगेका उनले पत्रकारसँग कुरा गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
उनले वैकल्पिक शक्तिका रूपमा उदाएको रास्वपाले उपनिर्वाचनमा राम्रो मतान्तरले २ सिट जितेर राम्रो नतिजा ल्याए पनि अझै उसको रङ भने स्पष्ट हुन नसकेको बताए ।
राप्रपासहितका काँग्रेस, एमाले, माओवादी जस्ता पार्टीहरूको रङ भने प्रस्ट भइसकेको उनको जिकिर छ । लिङ्देनले रास्वपासँग डराउनुपर्ने स्थितिमा राप्रपा नभएको पनि दाबी गरे ।
Leave a Reply