काठमाडौं । काठमाडौं उपत्यकामा बितेको २४ घण्टामा ५४ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
सोमबारको नियमित नियमित मिडिया व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले काठमाडौंका २४, ललिपुरका २० रभक्तपुरका १० गरी उपत्यकाका ५४ जनामा संक्रमण पुष्टि भएको बताए ।
योसँगै नेपालमा कोरोना संक्रमितको जम्मा संख्या १५ हजार ९६४ पुगेको छ। यसैगरी बितेको २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै कोरोनाभाइरसमुक्त हुनेको कुल संख्या ६ हजार ८११ पुगेको छ ।
Leave a Reply