Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • अनशनरत घिमिरेका जायज माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनशनरत घिमिरेका जायज माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

    अनलाइन नेपाल
  • शनिबार, १६ बैशाख २०८०
  • 510
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले किसानका समस्या सम्बोधन गर्न माग गर्दै अनशनमा रहेका श्रीराम घिमिरेका माग पूरा गर्न निर्देशन दिएका छन् ।

    वैशाख ५ गतेदेखि काठमाडौंको वसन्तपुरमा आमरण अनशन बसेका नुवाकोटका श्रीराम घिमिरेले उठाएका माग पूरा गर्न प्रधानमन्त्री प्रचण्डले सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले मुख्यसचिवसहित कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माबाट अनशनकारीको स्वास्थ्य अवस्था एवं माग सम्बोधनमा भइरहेको प्रगतिबारे जानकारी लिएका थिए।



    सोक्रममा कृषि मन्त्रालयका सचिव शर्माले मन्त्रालयले अनशन बसेको जानकारी आए लगत्तै अनशनस्थलमा पुगेर माग सम्बोधनको प्रयास गरेको जानकारी गराएका थिए ।

    मन्त्रालयको तहबाट गर्न सक्ने सबै माग पूरा गर्न सकिने प्रस्ताव अनसनरत किसानसामु पठाइए पनि हालसम्म सहमतिमा नआएको बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्री प्रचण्डले सरकार जनसरोकारका मुद्दामा अत्यन्तै संवेदनशील रहेको र जनजीविकाका सवाललाई उठाएर कोही कसैले पनि आन्दोलन गर्नु नपर्ने अवस्थाका लागि क्रियाशील रहेकाले किसान घिमिरेले उठाएका विषयलाई समाधान गर्न अधिकतम प्रयत्न गर्न तथा निजको स्वास्थ्यमा पनि ध्यान दिन निर्देशन दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार