सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत मागेका छन् ।
प्रदेशसभाको १४ औँ बैठकमा मुख्यमन्त्री शर्माले संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत मागेका हुन् ।
विश्वासको मत माग्दै शर्माले रोजगार र पूर्वाधारका क्षेत्रमा सरकार अग्रसर भइरहेको बताए ।
उनले कर्णालीका शत्रु भनेका रोग, भोक र विकटता भएको भन्दै सबै दलहरु त्यसको विरुद्धमा एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
शर्माले यसअघि दुई पटक विश्वासको मत लिइसकेका छन् । पहिलो पटक ६ माघमा विश्वासको मत लिएका उनले १७ चैत्रमा दोस्रो पटक विश्वासको मत लिएका थिए ।
Leave a Reply