Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • आयोगद्वारा कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

    आयोगद्वारा कार्यवाहक राष्ट्रपतिसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 579
    SHARES

    काठमाडौं । निर्वाचन आयोगले वैशाख १० गते सम्पन्न उपनिर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति कार्यालयमा पेस गरेको छ ।

    निर्वाचनको परिणाम सार्वजनिक भएको एक साताभित्र सो प्रतिवेदन बुझाउनुपर्ने कानुनी व्यवस्था अनुरुप आयोगले शीतल निवासमा आयोजित एक समारोहकाबीच उपराष्ट्रपतिलाई प्रतिवेदन पेस गरेको हो ।



    संविधानको धारा ६७ को उपधारा २ मा राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ ।



    सो अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्त रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सचिव गोर्कणमणि दुवाडी, सहसचिव शालिग्राम शर्मा पौडेललगायत सहभागी थिए।

    यहि वैशाख १० गते बारा २, चितवन २ र तनहुँ १ मा उपनिर्वाचन सम्पन्न भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार