काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशको शान्ति सुरक्षालगायत समसामयिक विषयमा धारणा सार्वजनिक गर्ने भएको छ ।
एमालेका प्रचार विभागका सचिव गगन विष्टका अनुसार एमालेले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ ।
उक्त सम्मेलन पार्टी केन्द्रीय कार्यालय च्यासलमा अपरान्ह ४ बजेका लागि बोलाइएको हो ।
एमालेले पत्रकार सम्मेलनमार्फत् मुलकको शान्ति सुरक्षा, अर्थतन्त्र लगायतबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताएको छ ।
Leave a Reply