पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शपथ लिएका छन् ।
प्रदेश प्रमुख पृथ्वीमान गुरुङले उनलाई पद तथा गोपनीयताको शपथ गराए ।
कांग्रेस संसदीय दल नेता रहेका पाण्डे बिहीबार संविधानको धारा १६८ (२) अनुसार अन्य दलको समेत समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
उनी नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बिहीबार मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्रीले आजै दुई मन्त्री पनि नियुक्त गरेका छन् । सत्तारुढ घटक माओवादीबाट शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्यालले पनि मन्त्रीको शपथ लिए ।
Leave a Reply