Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • पाकिस्तानसंग न्यूजिल्याण्ड पाँच विकेटले पराजित

    पाकिस्तानसंग न्यूजिल्याण्ड पाँच विकेटले पराजित

    अनलाइन नेपाल
  • शुक्रबार, १५ बैशाख २०८०
  • 753
    SHARES

    एजेन्सी । पाकिस्तानले एकदिवसीय शृंखलाको पहिलो खेलमा न्युजिल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ ।

    रावलपिण्डी क्रिकेट स्टेडियममा बिहीबार भएको पहिलो एकदिवसीय क्रिकेटमा कप्तान बाबर आजमले न्युजिल्यान्डलाई टस जितेर पहिले ब्याटिङ गर्न आह्वान गरेका थिए ।



    सहज पिचमा पहिले खेलेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा २८८ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले सहजै पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।



    पाकिस्तानका लागि फखर जमानले १३ चौका र एक छक्का प्रहार गर्दै नवौं शतक पूरा गरे। उनलाई इमाम उल हक र बाबर आजमले साथ दिए । उनीहरुले क्रमशस् ६० र ४९ रन बनाए ।

    जमानले आफ्नो इनिङ्सका लागि म्यान अफ द म्याचको अवार्ड पाए भने बाबर आजमले पनि यही इनिङ्सका कारण अन्तर्राष्ट्रिय क्रिकेटमा १२ हजार रन पूरा गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार