Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • भूमिसम्बन्धी समस्या समाधानका गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    भूमिसम्बन्धी समस्या समाधानका गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 456
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताएका छन् ।

    बिहिबार राष्ट्रिय भूमि आयोगका पदाधिकारीहरुसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा यस्तो बताएका हुन् ।



    उनले विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताए ।



    प्रधानमन्त्री दाहालले सुकुम्बासी, अव्यवस्थित बसोबासीलगायत भूमिहीनका समस्या दीर्घकालीन रूपमा सम्बोधन गर्ने कामलाई प्राथमिकता दिन आयोगलाई निर्देशन समेत दिए ।

    भेटमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी, मन्त्रालयका सचिव डा दामोदर रेग्मी, राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, उपाध्यक्ष नहेन्द्र खड्कालगायत आयोगका पदाधिकारीको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार