Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • लिग लिडर आर्सनलमाथि सिटीको सानदार जित

    लिग लिडर आर्सनलमाथि सिटीको सानदार जित

    अनलाइन नेपाल
  • बिहिबार, १४ बैशाख २०८०
  • 498
    SHARES

    काठमाडौं । प्रिमियर लिगमा लिग लिडर आर्सलमाथि दोस्रो स्थानको म्यानचेष्टर सिटीले रोमाञ्चक जित हात पारको छ । जसले गर्दा उपाधि होड रोमाञ्चक बनेको छ ।

    केभिन डे ब्रुयनाको उत्कृष्ट प्रदर्शनमा बुधबार राति सिटीले घरेलु मैदानमा आर्सनललाई ४–१ ले हरायो । डे ब्रुयनाले दुई गोल गर्नुका साथै एक असिस्ट गरे । जोन स्टोन्स र एर्लिङ हालान्डले समान १/१ गोल गरे ।



    आर्सनललाई पराजित गरेपछि सिटी उपाधि होडमा फर्किएको छ । अब आर्सनल र सिटीबीच जम्मा २ अंकको दूरी छ भने सिटीले अझै दुई खेल कम खेलेको छ । जसले गर्दा सिटी उपाधि होडमा बलियो बनेको छ ।



    ३३ खेलबाट बर्सनलको ७५ अंक छ भने ३१ खेलबाट सिटीले ७३ अंक जोडेको छ ।

    घरेलु मैदान इतिहाड स्टेडियममा डे ब्रुयनाले हालान्डको पासमा सातौँ मिनेटमा गोल गरी सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी टाइममा डे ब्रुयनाको पासमा स्टोन्सले गोल गरी अग्रता दोब्बर पारे ।

    ५४औं मिनेटमा डे ब्रुयनाले हालान्डकै पासमा गोल गरेपछि सिटीले ३(० को अग्रता बनायो ।

    ८६औं मिनेटमा आर्सनलका रब होल्डिङले लिएन्ड्रो ट्रोसार्डको पासमा गोल गर्दै गोल अन्तर कम पारे पनि ढिला भइसकेको थियो ।

    इन्जुरी टाइममा हालान्डले फिल फोडेनको पासमा गोल गरेपछि सिटीले सहज जित हात पारेको हो ।

    लिगमा अब आर्सनलले ५ र सिटीले ७ खेल खेल्न बाँकी छ । सिटीले आफ्नो बाँकी खेल जितेमा लिग उपाधि सहजै जित्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार