चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले गालीगलौजको राजनीति नगर्न अनुरोध गरेका छन्।
बुधबार चितवनको मुग्लिन बजारमा आयोजित धन्यवाद सभालाई सम्बोधन गर्दै चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य लामिछानेले यस्तो बताएका हुन् ।
लामिछानेले सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजानुपर्ने बताए।
सभापति लामिछानेले भने, ‘सुसंस्कृत राजनीतिको अभ्यास गरेर मुलुकलाई अगाडि लैजाने बाटोमा हिँडेका हौं हामी। हाम्रो ओठमा मुस्कान र हातमा फूल छ। हामीले गालीगलौज गर्न सुहाउँदैन। त्यसैले हामी गालीगलौजको राजनीति नगरौं।’
उनले पार्टीको २१ सिटको यात्रा फूलबाट तय भएको बताए। सामाजिक सञ्जालमा आफूहरुलाई माया गर्ने नाममा अन्य दलहरूप्रति घृणा र गालीगलौज भएको पनि देखिएको भन्दै आफूले क्षमा मागेको उनले बताए।
Leave a Reply