Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • उपनिर्वाचनले कांग्रेसको गतिशीलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दियो : मीनेन्द्र रिजाल

    उपनिर्वाचनले कांग्रेसको गतिशीलता पुनर्स्थापित गर्नुपर्ने सन्देश दियो : मीनेन्द्र रिजाल

    अनलाइन नेपाल
  • बुधबार, १३ बैशाख २०८०
  • 597
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले उपनिर्वाचन परिणामले कांग्रेसलाई रुपान्तरित हुन सन्देश दिएको बताएका छन् ।

    उपनिर्वाचन भएका तीनवटै क्षेत्रमा विजयीहरूलाई बधाई तथा शुभकामना दिँदै नेता रिजालले कांग्रेस आफूलाई गतिशीलता पुनर्स्थापित गर्नुपर्ने बताएका हुन् ।



    नेता रिजालले सामाजिक संञ्जाल फेसबुकमा  लेखेका छन्, ‘उपनिर्वाचनमा रास्वपा सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले तथा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्राप्त सफलताका लागि हार्दिक बधाई र सफल प्रतिनिधि सभा कार्यकालको शुभकामना । हाम्रा लागि कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश प्रष्ट छ।’



    वैशाख १० को उपनिर्वाचन परिणामले कांग्रेसको चरित्र र गतिशीलता पुनर्स्थापित गर्नुपर्ने अपरिहार्य सन्देश दिएको उनको भनाई छ ।

    कांग्रेसले उपनिर्वाचन भएका तीन क्षेत्रमध्ये तनहुँ १ र चितवन २ मा पार्टीबाट उम्मेदवार उठाए पनि पराजित भएका थिए भने बारा २ मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार