काठमाडौं । नेपालमा जारी एसीसी प्रिमियर कपको समूह ‘बी’ खेलमा सेमिफाइनल प्रवेशका लागि साउदी अरेबियाले ३६७ रनको विशाल लक्ष्य पाएको छ ।
टियु मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३६६ रनको योगफल बनाएको हो ।
ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक ८८ रन बनाएका थिए भने मोहमद नदीमले ७१, शोइब खानले ६८, कप्तान जीशान मक्सुदले ५४ रन बनाएका थिए ।
त्यस्तै, साउदी अरेबियाका बलरअतिफ उस रहमानले ३ विकेट लिए भने अब्दुल वाहिदले २ तथा अब्दुल वाहीदले एक विकेट लिएका थिए ।
यस खेलमा जित हात पार्ने टोली नै सेमिफाइनल आफ्नो स्थान सुरक्षित गर्ने छ ।
Leave a Reply