झापा । झापा प्रहरीले आँपगाछीबाट भन्सार छलेर भारतबाट ल्याउँदै गरेको मकै बरामद गरेको छ ।
झापाको गौरिगञ्ज गाउँपालिका वडा नम्बर–२ बाट मे।१ त ७११० नम्बरको ट्रयाक्टरमा लोड गरेको ८८ बोरा मकै बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय गौरिगञ्ज र प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरी गस्ती टोलीले रोक्न खोज्दा ट्याक्टर चालक भागेका थिए ।
९६ हजार ८ सय मूल्य पर्ने मकै र ४ लाख मूल्यको ट्रयाक्टर भन्सार कार्यालय काकडभिट्टा बुझाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Leave a Reply