काठमाडौं । राजधानीमा जारी एसीयन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा कुवेतले सिंगापुरलाई चार विकेटले पराजित गरेको छ ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले प्रस्तुत गरेको ११४ रनको लक्ष्य कुवेतले २६.३ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।
कुवेतको जितमा अदनान इद्रिसले ३८ रन बनाए । मित भावसर र यासिन पटेलले अविजित क्रमशः २७ र २१ रन जोडे । यस्तै, सिराज खानले १० रन बनाए ।
सिंगापुरका विनोथ बस्करण र अक्षय पुरीले समान दुई विकेट लिए । थिलिपन ओमाइदुराई र आदित्या भार्गवाले एक–एक विकेट लिए ।
जितसँगै तीन खेलबाट चार अंक जोडेको कुवेत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।
सिंगापुरलाई पराजित गरेसँगै कुवेतले प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ भने समूह चरणको सबै खेलमा हार ब्यहोरेको सिंगापुर अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
Leave a Reply