Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • कांग्रेस संसदीय दलकाे बैठकमा आगामी बजेटबारे छलफल

    कांग्रेस संसदीय दलकाे बैठकमा आगामी बजेटबारे छलफल

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 591
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसदहरूले आगामी वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

    मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्नुपर्ने सल्लाह दिएका हुन् ।



    बैठकपछि प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा नै केन्द्रित भएको बताए ।



    बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, अर्थमन्त्री डा प्रकाशशरण महत, महामन्त्री विश्वप्रकाश शर्मालगायतको उपस्थिती थियो ।

    आर्थिक वर्ष २०८०-८१ को बजेट आगामी जेठ १५ गते घोषणा हँदैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार