चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कमीकमजोरी सुधार्दै अघि बढ्ने अवसर मिलेको बताएका छन् ।
चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा फेरि निर्वाचित भएपछि सभापति लामिछानेले यस्तो बताएका हुन् ।
लामिछानेले आफूमा देखिएका कमजोरीलाई सुधार्दै अगाडि बढ्ने अवसर मिलेको बताए ।
सभापति लामिछानेले भने, ‘आफूमा देखिएका ती तमाम कमजोरीहरूलाई सुधार्दै अगाडि जाने एउटा अवसर मिलेको छ । थपिएको मत भनेको थपिएको जिम्मेवारी हो । थपिएको जिम्मेवारीमा हामी खरो उत्रिने छौं ।’
लामिछानेले राजनीतिक यात्राका क्रममा अनुभवको कमीले गर्दा आफूबाट कमीकमजोरी हुन गएको बताए ।
उनले आगामी दिनमा थप जिम्मेवार भएर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताए । वैशाख १० मा भएको उपनिर्वाचनमा लामिछाले करिब ६९ भन्दा बढी प्रतिशत मतसहित विजयी भएका छन् । उनी ५४ हजार १७६ मतसहित विजयी भएका छन् ।
Leave a Reply