Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • जित पक्का भएपछि रवि लामिछानेले भने–सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ

    जित पक्का भएपछि रवि लामिछानेले भने–सरकारलाई दिएको समर्थन फिर्ता हुन्छ

    अनलाइन नेपाल
  • मंगलबार, १२ बैशाख २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । चितवन–२ को उपनिर्वाचनमा जीत निश्चित भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेका छन् ।
    केहिबेर अघि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै सभापति लामिछानेले सरकारलाई दिएको समर्थन कायम राख्नु पर्ने कारण नभएको बताएका हुन् ।

    उनले भने–‘सरकारलाई दिएको समर्थनबारे समीक्षा हुन्छ । त्यसलाई कायम राखिराख्न कारण देखेको छैन । सरकारमा जाने त सम्भावनै छैन ।’



    सभापति लामिछानेले सरकारको कामप्रति आफ्नो पार्टी सन्तुष्ट नभएको बताउँदै अब अस्थिरता नहोस भनेर गलतलाई नबोक्ने बताए ।
    तर, काठमाडौं फर्किएपछि समीक्षा गरेर सरकारसँग छलफल र वार्ता गर्ने उनको भनाइ छ ।



    नयाँ सरकारको तयारीबारे पनि राजनीतिक छलफल गर्ने उनले बताए ।

    चितवनमा अहिले मतगणना जारी छ । जारी मतगणना अनुसार लामिछानेले ४५ हजार ८४२ मत पाएका छन् भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ८ हजार ४२५, नेकपा एमालेका रामप्रसाद न्यौपाने ८ हजार ३३० र राष्ट्रिय प्रजातन्त्र पार्टीका जीवलाल पुरी ३२० मत पाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार