Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • माछा नमार्न र पौडी नखेल्न मेलम्ची आयोजनाकाे आग्रह

    माछा नमार्न र पौडी नखेल्न मेलम्ची आयोजनाकाे आग्रह

    अनलाइन नेपाल
  • सोमबार, २२ असार २०७७
  • 3.1K
    SHARES

    फाइल फोटो

    काठमाडाैं। पानीको मुहानभन्दा तल्लो तटीय क्षेत्रका स्थानीयलाई खोलामा नजान मेलम्ची खानेपानी आयोजनाले आग्रह गरेको छ ।

    आयोजनाको केन्द्रीय कार्यालयले एक सूचना जारी गर्दै आइतबारदेखि मेलम्ची खोलाको पानी पथान्तरण गरी सुरुङ परीक्षण सुरू गरिएकाले तल्लो क्षेत्रमा जुनसुकै बेला पानीको बहाव घटबढ हुनसक्ने भन्दै खोलामा नजान आग्रह गरेको हो ।



    परीक्षणका क्रममा नदीमा पानीको बहाव घटबढ हुनसक्ने भन्दै आयोजनाले नदीमा पौडी नखेल्न, माछा नमार्न र बस्तुभाउ लिएर जाँदा विशेष सावधानी अपनाउन स्थानीयलाई सूचित गरेकाे छ।



    आयोजनाले सुरुङको प्रवेश मार्ग रहेका अम्बाथान, ग्याल्थुम र सिन्धुबाट समेत कुनै पनि समयमा पानी छाड्न सकिने भएकाले त्यस क्षेत्रका खोलानालामा जाँदा विशेष सावधानी अपनाउन भनिएको छ । साथै आफ्नो घर वरपरको क्षेत्रमा नयाँ मूलबाट पानी निस्किएको देखिएमा तुरुन्तै आयोजनालाई खबर पनि भनिएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार