काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचन भएको तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेको छ।
जारी मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले १५ हजार मत कटाएका छन् ।
२१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई ८ हजार ७ सय ३४ मतका साथ उनलाई पछ्याईरहेका छन् ।
यस्तै, नेकपा (एमाले) का उमेदवार सर्वेन्द्र खनालले चार हजार ९९९ मत पाएका छन् ।
Leave a Reply