Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बारा–२ मा पनि सुरु भयो मतगणना

    बारा–२ मा पनि सुरु भयो मतगणना

    अनलाइन नेपाल
  • सोमबार, ११ बैशाख २०८०
  • 1.4K
    SHARES

    बारा । बारा–२ मा आइतबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना सुरु भएको छ ।

    जिल्लाको निर्वाचन क्षेत्रका ८३ वटै मतदान स्थलमा रहेका १३७ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि बसेको सर्वदलीय बैठकको निर्णयपछि साढे ११ बजेबाट मतगणना सुरु भएको हो ।



    मतगणनास्थलहरूमा तारबार लगाएर सिसी क्यामेरा जडान गरिएको छ । बारा २ मा ६५ प्रतिशत मत खसेको थियो ।



    यस क्षेत्रमा ३४ उम्मेदवार चुनावी मैदानमा रहे पनि जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका शिवचन्द्र कुशवाहा, एमालेका पुरुषोत्तम पौडेल र रास्वपाका रमेश खरेलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार