चितवन । चितवन क्षेत्र नम्बर २ मा भइरहेको उपनिर्वाचनमा ४० प्रतिशत मत खसेको छ ।
१ सय ३८ केन्द्रबाट भईरहेको मतदानमा दिउँसो पौने १ बजेसम्म ४० प्रतिशत मत खसेको हो ।
आइतबार बिहानबाट सुरू भएको मतदान बेलुका ५ बजेसम्म हुनेछ। ४३ स्थानका लागि १३४ केन्द्रबाट मतदान भइरहेको छ।
यहाँ १ लाख २४ हजार ६९५ मतदाता रहेका छन्। चितवनमा एमालेका रामप्रसाद न्यौपाने,कांग्रेसका जितनारायण श्रेष्ठ,रास्वपाका रवि लामिछानेलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
चितवन -२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने नागरिकता विवादमा मुछिएपछि उनको सांसद पद गुमेको थियो। उनीहरूसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।
Leave a Reply